एमाले अर्घाखाँचीमा पीताम्बर भुसाल
२०८१ जेष्ठ २८, सोमबार १०:३२
बुटवल । नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पीताम्बर भुसाल सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।
निवर्तमान अध्यक्षसमेत रहेका भुसाल नवौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यस्तै, सचिवमा पनि निवर्तमान सचिव तोजबहादुर रायमाझी पुनः निर्विरोध निर्वाचित भएका छन् ।
८७ सदस्यीय जिल्ला कार्यसमितिमा उपाध्यक्ष र उपसचिव लगायत सदस्य पदहरूमा भने एक जना भन्दा बढीको उम्मेदवारी परेपछि मतदान गरिएको थियो ।
उपाध्यक्षमा शम्भु पोखरेल निर्वाचित भएका छन् । यसैगरी, खुल्ला उपसचिवमा खगेशवर पन्थी, महिला उपसचिवमा शिवकला विक निर्वाचित भएका छन् ।
