चार संसदीय समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाका चार वटा संसदीय समितिको बैठक आज बस्ने भएको छ ।
आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो ।
प्रतिनिधि सभा अन्तर्गतका उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने गरी बोलाइएको हो ।
यस्तै, सार्वजनिक लेखा समितिको बैठक बिहान साढे १० बजे, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक र महिला तथा सामाजिक मामिला समितिको बैठक पनि आजै दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको छ ।
