हावाहुरीले भत्कायो जसपा नेपालको राष्ट्रिय महाधिवेशन मञ्च
जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको आसन्न प्रथम राष्ट्रिय महाधिवेशनका लागि निमार्णाधीन मञ्च (टेन्ट पण्डाल) हावाहुरीले भत्काएको छ ।
यही जेठ २८ गतेदेखि हुन लागेको उक्त महाधिवेशनका लागि जनकपुरधामको तिरहुतियागाछी मैदानमा बनाइरहको मञ्च हावाहुरी भत्काएको हो ।
एक महिनादेखि बनाइरहेको उक्त मञ्च निर्माण पूरा हुन केहीमात्र बाँकी हुँदा सोमबार राति आएको हावाहुरीले क्षति पुर्याएको जसपा नेपालका धनुषा जिल्ला अध्यक्ष पशुपति यादवले जानकारी दिए ।
उनका अनुसार, २० हजार नेता कार्यकर्ता आट्ने क्षमताको सो पण्डाल निर्माणको अन्तिम चरणमा थियो । भत्केको पण्डाल बाँस हटाउँदै पुनः निर्माण गरिनेछ ।
