आज पनि प्रतिनिधि सभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

तु खबर संवाददाता
२०८१ जेष्ठ २१, सोमबार ०९:०६
file-photo

काठमाडौं । संघीय संसद् अन्तरगत प्रतिनिधि सभा बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी बोलाइएको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८०’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै, बैठकमा आइतबारबाट सुरु भएको आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहनेछ ।