कांग्रेस नेता सिंह दिल्ली प्रस्थान
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन् ।
शुक्रबार दिउँसो नेता सिंह प्रोस्टेटको उपचारका लागि दिल्लीतर्फ प्रस्थान गरेका हुन् ।
वीर अस्पताल तथा अन्य अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम उपचारका लागि दिल्ली गएको उनको सचिवालयले जनाएको छ ।
नेता सिंहका स्वकीय सचिव युपी लामिछानेका अनुसार, नेता सिंह शनिबार अस्पताल भर्ना हुने र २१ गते अप्रेसन हुनेछ ।
