वाईसीएल हेटौंडाद्वारा सहिद परिवारलाई सम्मान

तु खबर संवाददाता
२०८१ जेष्ठ १५, मंगलवार १५:४८

मकवानपुर । १७ औं गणतन्त्र दिवसको अवसरमा चार सहिद परिवारलाई सम्मान गरिएको छ ।

योङ कम्युनिष्ट लिग (वाईसीएल) हेटौंडा उपमहानगर कमिटीको आयोजनामा जनयुद्धका क्रम सहिद भएका चार जनालाई सम्मान गरेको वाईसीएल हेटौंडा उपमहानगर अध्यक्ष मदन उप्रेतीले जानकारी दिए ।

अध्यक्ष उप्रेतीका अनुसार, हेटौंडा उपमहानगरपालिका वडा नं. १७ का ४ सहिदका परिवारलाई नगद ३ हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

मंगलबार बिहान सम्पन्न सम्मान कार्यक्रममा उपमहानगर अध्यक्ष उप्रेतीको अध्यक्षता एवम् नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज बिजय गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।

सो क्रममा प्रमुख अतिथि गौतमले सहिदको सपना पूरा गर्न सबै पक्ष सक्रिय हुनुपर्ने बाताए । उनले गणतन्त्र स्थापनामा सहीदको भूमिका महत्वपूर्ण रहेका बताए ।

सम्मान कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन, हेटौंडा उपमहानगर कमिटी अध्यक्ष तीर्थबहादुर थापा मगर, वाईसीएल जिल्ला संयोजक लवराज ठकुरी, जिल्ला सचिव मुक्ति लामा लगायतको आतिथ्यता रहेको थियो ।