राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ः१५ बजे बस्ने गरी आह्वान गरिएको हो ।
बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पढेर सुनाउने, राष्ट्रपतिबाट भएको सम्बोधनको प्रति टेबुल गर्ने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
यस्तै, बैठकमा राष्ट्रपतिको सम्बोधनका लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने, समिति सदस्यको नाम मनोनयन, अध्यादेश पेसलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
सहकारी प्रकरण छानबिन समिति गठनको माग गर्दै आएको नेपाली कांग्रेसले हिजोको बैठकमा अवरोध गरेको थियो । उक्त विषयमा दलहरुबिच सहमति नजुटेकोले आजको बैठक पनि प्रभावित हुने सम्भावना रहेको छ ।
