व्यवस्था बदल्न जनकलाकारको अहम भूमिका: प्रह्लाद लामिछाने

तु खबर संवाददाता
२०८१ जेष्ठ ४, शुक्रबार ०७:५२

मकवानपुर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य प्रह्लाद लामिछानेले नेपालको व्यवस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको बताएका छन् ।

बिहीबार हेटौंडामा सम्पन्न अखिल नेपाल जनसांस्कृतिक महासंघ अन्तरगत जनकलाकार संघ मकवानपुरको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अझै जागरणको गीत नेपालको राजनीतिक सामाजिक परिस्थितिले मागिरहेको बताए ।

सम्मेलनबाट दिलकुमार लामाको अध्यक्षतामा ३३ सदस्यीय जनकलाकार संघ मकवानपुर जिल्ला कमिटी गठन गरिएको छ ।

कमिटीको उपाध्यक्षमा कुसुम माझी, बाबुराम माझी, सचिवमा कृष्ण बहादुर स्याङतान, कोषाध्यक्षमा साजनी माझी, सहसचिवमा सुजना थापा मगर चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा कबिता सुनार, रबिन गोले, रन्जिता घिसिङ, युकेश स्याङ्तान, शरण सेन्चुरी लगायत चयन भएका छन् ।

राजेश मग्रातीको सभाध्यक्षतामा भएको सम्मेलनमा माओवादी केन्द्रमा बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी, जनसांस्कृतिक महासंघ मकवानपुर संयोजक बनस्तम थिङ्ग, कलाकार माया लामा घलान, प्रतीक लामा, सुनिल बयलकोटी लगायतको आतिथ्यता रहेको थियो ।