कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित
काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि बैठक स्थगित गरिएको हो ।
बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरूले उठेर विरोध गरेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गरेका हुन् ।
राष्ट्रिय सभाको अर्को बैठक जेठ ४ गते दिउँसो १ः१५ बजे बस्ने गरी आह्वान गरिएको छ ।
नेपाली कांग्रेसले गृहमन्त्रीमाथि छानबिन गर्नको लागि संसदीय छानबिन समितिको माग गर्दै आइरहेको छ ।
