राष्ट्रिय सभाको बैठक साढे ४ बजेका लागि सर्यो

तु खबर संवाददाता
२०८१ जेष्ठ ३, बिहीबार १६:०९
file-photo

काठमाडौं । राष्ट्रिय सभाको बैठक साढे ४ बजेसम्मका लागि सरेको छ ।

आज दिउँसो १ः१५ बजे बस्ने गरी आह्वान गरिएको बैठक विशेष कारण देखाउँदै सूचना टाँस गरेर सारिएको हो ।

संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी गरिएको सूचनामा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अध्यक्षले बैठकको समय निर्धारण गरिएको उल्लेख छ ।