जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

तु खबर संवाददाता
२०८१ जेष्ठ १, मंगलवार १०:२१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ ।

बैठक बिहान ११ बजेदेखि ललितपुरस्थित ज्यापू प्रज्ञा भवनमा बस्ने गरी आह्वान गरिएको हो ।

उक्त बैठकमा पार्टीको आगामी जेठ २८ गतेदेखि हुने महाधिवेशनको एजेन्डामाथि छलफल हुने हुने प्रचार–प्रसार तथा प्रकाशन केन्द्रीय विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

जसपा नेपालको केन्द्रीय समिति बैठक सोमबार पनि बसेको थियो । आजको बैठकमा नेताहरूले धारणा राख्ने क्रम पनि जारी हुनेछ ।