जसपा नेपालको केन्द्रीय समिति बैठक आह्वान
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आह्वान गरिएको छ ।
बैठक ललितपुरस्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो ।
बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
त्यस्तै, सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा पनि बैठकमा छलफल हुनेछ ।
जसपा नेपाल गत आइतबार विभाजित भएको थियो । पार्टीका वरिष्ठ नेता अशोक राईले ७ जना सांसदसहित नयाँ पार्टी जनता समाजवादी पार्टी (जसपा) गठन गरेका थिए ।
