मधेश सरकारबाट बाहिरिने माओवादीको तयारी

तु खबर संवाददाता
२०८१ बैशाख ३०, आईतवार १५:२९

काठमाडौं । नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ ।

जनता समाजवादी पार्टी नेपाल विभाजन भइसकेको अवस्थामा त्यो पार्टीले सरकारको नेतृत्व गर्ने नैतिक आधार नरहेको भन्दै माओवादी केन्द्रले सरकारबाट बाहिरिने तयारी गरेको हो ।

माओवादी केन्द्रले मधेश सरकारबाट आजै मन्त्री फिर्ता बोलाउने र सरकारबाट समर्थन फिर्ता लिने स्रोत बताएको छ ।

माओवादी केन्द्रबाट मधेश सरकारमा दुई जना मन्त्री छन् ।