साइबर क्राइमसम्बन्धि सचेतना
हेटौंडा । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडा–१९ मा आयोजित साइबर क्राइम, आत्महत्या दुरुत्साहन तथा लागुऔषध दुर्व्यशनसम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न टोलविकास संस्था र विद्यालयका गरी ७० जनाको उपस्थिति थियो ।
टोल विकास संस्था नगर समन्वय समिति अध्यक्ष ध्रुवप्रसाद अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा वडाका सदस्य रमा गोले, निर्मल बहुमुखी क्याम्पस प्रमुख प्रबोध बिडारी, प्रहरी निरिक्षक ओमप्रकाश पण्डित, प्रहरी सहायक निरीक्षक संगीता लामा, सियान पुनस्र्थापन केन्द्रका सौजन डीसी, सामुदायिक प्रहरी सेवाकेन्द्र हेटौंडा–१० का अध्यक्ष प्रदीप क“डेल, चनौटा सामुदायिक वन अध्यक्ष हरिशरण पौडेल, सामुदायिक प्रहरी सेवा केन्द्र, हेटौंडा–११ का अध्यक्ष एवम् नगर समन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठ, नगर समन्वय समितिका सदस्य श्यामकुमार रिमाललगायतको उपस्थिति थियो ।
कार्यक्रमलाई प्रहरी निरीक्षक पण्डित, सियानका डीसी र प्रसनि लामाले सहजीकरण गरेका थिए ।
