हेटौंडामा प्रदेश विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना

तु खबर संवाददाता
२०८१ बैशाख २४, सोमबार ०९:०४

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेश विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

प्रदेश सरकारले हेटौंडा–७, कमानेस्थित प्रदेश शिक्षा निर्देशनालयको भवनमा प्रदेश विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना गरेको हो ।

उक्त सम्पर्क कार्यालयको आइतबार एक कार्यक्रमबीच प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरेका थिए ।

सम्पर्क कार्यालय स्थापना कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, आर्थिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ, भौतीक पूर्वाधार विकास मन्त्री युवराज दुलाल र सामाजिक विकास मन्त्रालयका सचिव डा. भिष्मकुमार भुसाललागयत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सो क्रममा मुख्यमन्त्री जम्कट्टेलले सामाजिक विकास मन्त्रालयका सचिव डा. भुसाललाई बोर्ड अफ ट्रष्टिजको प्रमाणपत्रसमेत प्रदान गरेका थिए ।

कार्यक्रम प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानको अध्यक्षतामा भएको हो ।