सुदूरपश्चिम प्रदेश सभाको आज बैठक बस्ने

तु खबर संवाददाता
२०८१ बैशाख २२, शनिबार ०९:५१
file-photo

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्ने भएको छ । शुक्रबार स्थगित भएको प्रदेश सभा बैठक आज साँझ साढे ५ बजे बस्ने गरी बोलाइएको हो ।

शुक्रबार नै मुख्यमन्त्रीले विश्वासको मत लिने भनिएपनि गठबन्धनभित्र सहमति नभएपछि प्रदेश सभा बैठक स्थगित गरिएको थियो ।

बैठकमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनेछन् । त्यसअघि गठबन्धन दलका नेताहरूबिच सहमतिको प्रयास हुने जनाइएको छ ।