सर्वदलीय बैठकः बजेट अधिवेशन आह्वान गर्ने निर्णय

तु खबर संवाददाता
२०८१ बैशाख २१, शुक्रबार १७:५६

मकवानपुर । बागमती प्रदेश, सर्वदलीय बैठकले प्रदेश सभाको बजेट अधिवेशन बैठक आह्वान गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको सर्वदलीय बैठकले प्रदेश सभा बैठक यही वैशाख ३१ गते बस्ने गरी प्रदेश सरकारसमक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

यस्तै, उक्त बैठकले प्रदेश सभा अन्तरगत रहेको विभिन्न पाँच समितिको सभापतिको लागि हुने निर्वाचन प्रकृयालाई आगामी जेठ ४ गतेभित्रै सम्पन्न गर्ने निर्णय गरेको सभामुख पाठकले बताए ।

सर्वदलीय बैठकमा संसदमा रहेका संसदीय दलका नेता र प्रमुख सचेतकहरुको सहभागिता रहेको थियो ।

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्रिपरिषद्को निर्णयनुसार गत बैठक १२ गते रातिबाट अन्त्य गरेका थिए ।