आज तीन संसदीय समितिको बैठक बस्दै

तु खबर संवाददाता
२०८१ बैशाख १८, मंगलवार ०९:०६
file-photo

काठमाडौं । आज एकैदिन तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ । जसअनुसार दिउँसो २ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्नेछ ।

सो बैठकमा नेपालमा ज्येष्ठ नागरिक सम्बन्धी विद्यमान कानुन, उनीहरूका लागि राज्यका तर्फबाट भएका व्यवस्था, बुढ्यौली जनसंख्या तथा वृद्धाश्रम÷ज्येष्ठ नागरिक मिलन केन्द्रको वर्तमान अवस्था सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै, आजै मध्यान्ह साढे १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ । बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक माथि छलफल हुनेछ ।

यसैगरी, साढे १२ बजे नै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने गरी आह्वान गरिएको छ । सो बैठकमा समितिको आगामी कार्यक्रम सम्बन्धमा छलफल हुनेछ ।