बझाङमा सबै मतपेटिका सङ्कलन, सर्वदलीय बैठक बस्दै

तु खबर संवाददाता
२०८१ बैशाख १६, आईतवार १०:११

धनगढी । बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा भएको मतदानको सबै मतपेटिका सङ्कलन भएको छ ।

शनिबार सङ्कलन हुन बाँकी रहेका उच्च हिमाली क्षेत्रका पनि मतपेटिका आज बिहान सेनाको हेलिकप्टरमार्फत सङ्कलन गरिएको हो ।

संकलन मतगणना अघि सर्वदलीय बैठक आह्वान गरिएको छ । बैठक ११ बजे बस्ने गरी बोलाइएको हो ।

सर्वदलीय बैठक सम्पन्न भएलगतै मतगणना कार्य सुरु हुने बझाङ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।