२५ औँ मनमोहन स्मृति दिवस मनाइँदै

तु खबर संवाददाता
२०८१ बैशाख १३, बिहीबार १०:२०

काठमाडौं । नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज मनाइँदैछ ।

बिहीबार विविध कार्यक्रमको आयोजना गरी अधिकारीको २५ औँ स्मृति दिवस मनाउन लागिएको हो ।

अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा निधन भएको थियो । उनको हृदयाघातबाट निधन भएको थियो ।

अधिकारीकै कार्यकालमा वृद्ध भत्ता, सामाजिक सुरक्षाका कार्यक्रम, ‘आफ्नो गाउँ, आफैँ बनाऊँ’ जस्ता अभियान सुरु भएको थियो ।