राष्ट्रिय विकास परिषद्को बैठक आज बस्दै

तु खबर संवाददाता
२०८१ बैशाख १३, बिहीबार ०८:५७

काठमाडौं । राष्ट्रिय विकास परिषद्को बैठक आज बस्दैछ । राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजना छलफलका लागि विकास परिषद्को बैठक आह्वान गरिएको हो ।

बैठकले सरकारको १६ औं योजनालाई अन्तिम रूप दिनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा बस्ने जनाइएको छ ।

होटल याक एण्ड यतीमा बसेको उक्त बैठक बिहान ८ बजेदेखि सुरु भई बेलुका ७ बजेसम्म संचालन हुनेछ ।

बैठकलाई आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसहित पूर्वप्रधानमन्त्रीहरु र राजनीतिक दलका शीर्ष नेतासम्मले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।