सहयोगी मन नेपालद्वारा आगलागी पीडितलाई सहयोग

तु खबर संवाददाता
२०८१ बैशाख १०, सोमबार १५:५४

मकवानपुर । सहयोगी मन नेपालले आगलागी पीडित परिवारलाई सहयोग उपलब्ध गराएको छ ।

सामाजिक क्षेत्रमा सक्रिय रही सेवा पुर्याउँदै आएको उक्त संस्थाले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ निवासी आत्मलाल चौलागाईँको परिवारलाई नगद १० हजार रुपैयाँसहित जिन्सी सामग्री सहयोग गरेको हो ।

केही दिन अघि विजुलीको तार सर्ट भई भएको आगलागीबाट चौलागाईँको सिमेन्ट काठ र टायलले बनेको २ तले घर र सँगै जोडिएको गोठमा पूर्ण रुपमा क्षति पुगको थियो ।

पीडितलाई घरमै पुगेर संस्थाका अध्यक्ष केदार चौलागाईँ, सल्लाहकार शिव खनाल, बलभद्र खतिवडा, कृष्ण प्रणामी मूल मन्दिरका अध्यक्ष राजु नेपाललगायतले नगदसहित जिन्सी सामान सहयोग गरेका हुन् ।