गण्डकीको संसद् अधिवेशन आजदेखि सुरु

तु खबर संवाददाता
२०८१ बैशाख ७, शुक्रबार १०:२४

पोखरा । गण्डकी प्रदेशमा आजदेखि संसद् अधिवेशन सुरु हुने भएको छ । अधिवेशन बैठक आज दिउँसो ३ बजे बस्ने गरी बोलाइएको छ ।

केहीवेरपछि कार्यव्यवस्था परामर्श समिति बैठक बस्ने र सोही बैठकले कार्यसूची तयार गर्ने जनाइएको छ ।

संसद् बैठकअघि संसदीय दलका बैठकहरू पनि बस्दै छन् ।