सुशासन समितिको बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ ।
बैठक सिंहदरबारस्थित समितिको कार्यकक्षमा बिहान ११ बजे बस्ने गरि बोलाइएको हो ।
सो बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रुतमार्ग र अन्य सडक सम्बन्धमा छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
