सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा सोडारी नियुक्त

तु खबर संवाददाता
२०८१ बैशाख ६, बिहीबार १८:१६

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन् ।

सोडारीले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

मुख्यमन्त्री सोडारीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन् ।