नेकपा एमाले संसदीय दलको बैठक आह्वान
काठमाडौं । सत्तारुढ दल नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने गरी आह्वान गरिएको छ ।
बैठक बिहान ११ बजे संसद् भवनस्थित ल्होत्से हलमा बस्ने गरी आह्वान गरिएको हो ।
सो बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुने जनाइएको छ ।
साथै बैठकमा संसद्का काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने र समितिमा रहेका विचाराधिन विधेयकहरूको बारेमा पनि छलफल हुनेछ ।
