विभिन्न तीन संसदीय समितिको बैठक बस्दै

तु खबर संवाददाता
२०८० चैत्र २७, मंगलवार १०:३६
file-photo

काठमाडौं । आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको छ ।

सो बैठकमा राष्ट्रिय सभाबाट पारित भएका सङ्कल्प प्रस्तावहरूको बारेमा सम्बन्धित प्रश्तावकहरुसँग छलफल हुनेछ ।

त्यस्तै, बिहान साढे ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ । बैठकमा समितिको कार्य क्षेत्रका विषयमा विज्ञहरूसँग छलफल हुनेछ ।

यसैगरी, आजै दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । बैठकमा समितिगत विषयहरूमा छलफल हुनेछ ।