विष्णुदेवीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज बिहान बसेको कांग्रेसको संसदीय दल कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।
यस्तै, सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेकी उम्मेदवार कपिलवस्तुकी विमला घिमिरे रहेकी छिन् ।
राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।
