एमाले स्याङ्जाको अध्यक्षमा पुनः सूर्यप्रसाद गैह्रे

तु खबर संवाददाता
२०८० चैत्र २६, सोमबार १०:०३

स्याङ्जा । नेकपा एमाल स्याङ्जाको अध्यक्षमा पुनः सूर्यप्रसाद गैह्रे निर्वाचित भएका छन् ।

एमाले स्याङ्जाको नवौं अधिवेशनबाट गैह्रे पुनः दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

यसैगरी, उपाध्यक्षमा महेश पुरी, सचिवमा रामचन्द्र भट्टराई, उपसचिवमा अमृत श्रेष्ठ र चीनमाया गुरुङ निर्विरोध चयन भएका छन् ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिनेछन् ।

एमाले स्याङ्जामा ९ हजार पाँच सय ४३ पार्टी सदस्य रहेका छन् ।