रास्वपा संसदीय दलको बैठक आह्वान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आह्वान गरिएको छ ।
बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा आज साँझ ५ बजे बस्ने गरी आह्वान गरिएको हो ।
रास्वपा प्रमुख सचेतक सन्तोष परियारले सो बैठकमा संसद्को कामकारबाहीमा पार्टीको प्रभावकारी उपस्थिति र भूमिकाको सम्बन्धमा छलफल हुने जानकारी दिए ।
यस्तै, संसदमा प्रस्तुत विधेयकहरूमाथि पार्टीको साझा धारणा बनाउने, रास्वपाबाट सरकारमा गएका मन्त्रीहरूले गरेका काममा सम्बन्धमा समेत बैठकमा छलफल गर्ने कार्यसूची रहेको उनले बताए ।
