एमाले बाराको अध्यक्षमा पाण्डेय

तु खबर संवाददाता
२०८० चैत्र २५, आईतवार ०८:५९

बारा । नेकपा एमाले बारा जिल्लाको अध्यक्षमा अध्यानन्द पाण्डेय विजयी भएका छन् ।

प्रतिस्पर्धी टिना सुवेदीलाई ३४ मतले पराजित गर्दै पाण्डेय अध्यक्षमा विजयी भएका हुन् ।

पाण्डेयले ३ सय ७७ मत प्राप्त गर्दा र सुवेदीले ३ सय ४३ मत प्राप्त गरेकी थिइन् ।

पदाधिकारीमा भने सुवेदीको प्यानल नै विजयी भएका छन् । उपाध्यक्षमा भुलन चौधरी, सचिवमा अमृत शर्मा बजागाईँ, उपसचिवमा जवाहिर अंसारी, महिला उपसचिवमा भावना आचार्य निर्वाचित भएका छन् ।