अमेरिकाको न्युयोर्कमा भूकम्पको धक्का
न्युयोर्क । अमेरिकाको न्युयोर्कमा शुक्रबार भूकम्पको धक्का महसुस गरिएको छ । स्थानीय समय अनुसार शुक्रबार बिहान १०ः२३ बजे ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएकोे अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले जनाएको छ ।
न्युजर्सीको ह्वाइटहाउस स्टेशन नजिकैको क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का न्युयोर्क, न्युजर्सी र कनेक्टिकटसम्म अनुभव गरिएको थियो ।
भूकम्पका कारण हालसम्म कुनै पनि क्षति र चोटपटक नभएको तथा सुनामीबारे पनि कुनै चेतावनी जारी नभएको न्युयोर्क प्रहरीले जनाएको छ
न्युयोर्क सिटीमा यस्तो भूकम्प दुर्लभ मानिने भएकाले स्थानीयबासी भने त्रसित बनेका छन् यो भुकम्पपछि पराकम्पहरु पनि आइरहेको छ । सरकारले घर बाहिर ननिस्कन आपतकालिन अलर्ट जारी गर्दै कोहि घाइते भए तत्काल प्रहरीलाई खबर गर्न भनेको छ ।
