एमाले मकवानपुरको जिल्ला अधिवेशन जेठमा हुने

तु खबर संवाददाता
२०८० चैत्र २३, शुक्रबार ०९:०९
file-photo

मकवानपुर । नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशन जेठमा हुने भएको छ ।

एमाले मकवानपुरको जिल्ला कमिटी बैठकले जेठ तेस्रो साता जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकले आगामी वैशाख १५ भित्र पार्टी सदस्यता नवीकरण गर्ने, वैशाख मसान्तसम्म वडा अधिवेशन गरिसक्ने र पार्टी जिल्ला कमिटीलाई अधिवेशन आयोजक कमिटीको रुपमा रुपान्तरण गर्ने निर्णय गरेको जनाइएको छ ।

साथै सो बैठकले अधिवेशको तयारीमा लाग्नको लागि मातहतको कमिटीलाई निर्देशन समेत दिएको छ ।