आज विभिन्न ५ वटा संसदीय समितिको बैठक बस्दै

तु खबर संवाददाता
२०८० चैत्र २३, शुक्रबार ०८:४८
file-photo

काठमाडौं । आज एकैदिन विभिन्न पाँच वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअनुसार बिहान ११ बजे कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठक र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

यस्तै, दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक र बिहान १० बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्नेछ ।

यसैगरी, आजै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक पनि बस्दैछ ।