इलाम–२ मा नेकपा माओवादी केन्द्रले उम्मेदवारी नदिने
काठमाडौं । नेकपा माओवादी केन्द्रले इलाम–२ मा उम्मेदवारी नदिने भएको छ ।
एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई समर्थन गर्ने गरी माओवादीले उम्मेदवारी नदिने निर्णय गरेको स्रोतले बतायो ।
इलाम २ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । त्यसका लागि २४ गते मनोनयन दर्ता गर्ने कार्य तालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।
उपनिर्वाचनको लागि उम्मद्वारी चयन गर्न विभिन्न दलका नेताहरु दौडधुप गरिरहेको छ ।
