उपनिर्वाचनः इलाम–२ मा जसपाले थेगिमलाई सघाउने
काठमाडौं । इलाम–२ मा हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालले डकेन्द्रसिंह थेगिमलाई सघाउने भएको छ ।
जसपाको आज बसेको कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको सो पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा थेगिमले उम्मेदवारी दिने घोषणा गरेका छन् । पहिचानवादीका तर्फबाट उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
