लुम्बिनीमा चौथो अधिवेशन बैठक आह्वान

तु खबर संवाददाता
२०८० चैत्र २२, बिहीबार ०९:२७

बुटवल । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशन बैठक आह्वान गरिएको छ । आज दिउँसो ४ बजे बस्ने गरी प्रदेश सभाको बैठक आह्वान गरिएको हो ।

प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशन आह्वान गरेका हुन् ।

आजको बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।