बागमती प्रदेश सभा बैठक सुरु
मकवानपुर । बागमती प्रदेश सभा बैठक सुरु भएको छ । बैठक प्रदेश सभा सचिवालयमा केहीबेर अघिबाट सुरु भएको हो ।
दिउँसो १ बजे बोलाइएको प्रदेश सभा बैठक सूचना टाँस गरेर ४ बजेसम्मका लागि स्थगित गरिएको हो । ४ बजे बोलाइएको बैठक पनि झण्डै आधा घण्टा ढिला गरी सुरु गरिएको हो ।
बैठक बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको भएपनि सत्ता गठबन्धनमा देखिएको खटपटका कारण समयमै सुरु हुन नसकेको स्रोतले बतायो ।
