राप्रपाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने

तु खबर संवाददाता
२०८० चैत्र १९, सोमबार १६:०८
file-photo

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिन भएको छ ।

यसअघि परिस्थिति हेरेर आवश्यक निर्णय गर्ने जानकारी गराएका राप्रपाले सोमबार बसेको राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो ।

सत्ता गठबन्धनबाट एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएसँगै राप्रपाले विश्वासको मत नदिने निर्णय गरेको हो ।

गत फागुन २३ गते बागमती सरकारबाट बाहिरिँदै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले संवैधानिक प्रावधान अनुरुप ३० दिनभित्र विश्वासको मत लिन लागेका हुन् ।

११० जना सदस्य रहेको बागमती प्रदेश सभामा ५६ मत पाएमा उनको मुख्यमन्त्री पद कायम रहन्छ । एमाले २७, माओवादी २१, एकीकृत समाजवादीका ७, हाम्रो नेपाली पार्टी (हानेपा)को २ गरी नयाँ गठबन्धनसँग ५७ मत छ ।