हेटौंडामा इसाई समूदायले मनाए गुडफ्राइडे
मकवानपुर । इसाई समूदायले महत्वका साथ मनाउने ‘गुड फ्राइडे’ आज हेटौंडामा मनाइएको छ ।
हेटौंडास्थित हेटौंडा ख्रिष्टियन चर्च, सिमल्टार चर्चलगायतका चर्चहरुमा इसाई धर्मावलम्वीले येशु ख्रिष्टको प्रार्थना गर्नुका साथै भजन गाएर गुड फ्राइडे मनाएका हुन् ।
गुड फ्राइडेलाई इसाई धमावलम्वीहरुले यशु ख्रिष्टले क्रुशमा मृत्युवरण गर्नुअगाडिको कष्टकर जीवनलाई र उनको भनाईहरुलाई सम्झिएर प्रार्थना गर्ने गर्दछन् ।
गुड फ्राइडेमा सम्बन्धित चर्चका अगुवाहरुले यशु ख्रिष्टका महत्वपूर्ण ७ भनाईहरु भक्तजनहरुलाई पढेर सुनाउने प्रचलन छ ।
