होली खेलेर खाजा खाने क्रममा झडप हुँदा दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०८० चैत्र १२, सोमबार ०८:३२
सांकेतिक तस्वीर

काठमाडौँ । ललितपुरमा होली खेलेर खाजा खाने क्रममा झडप हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँचथर घर भई धोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र सुनसरी घर भई धोलाहिटी बस्ने ३० वर्षीय पुजन राई रहेका छन् । पूजनको शव सुमेरु अस्पताल र रोबसको पाटनमा राखिएको छ ।

आइतबार राति ललितपुरको धोलाहिटीमा होली खेलिसकेपछि होटेलमा मदिरा सेवन गरेको समूहबीच झडप भएको थियो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ । घटनास्थलबाट धारिलो हतियार पनि बरामद भएको प्रहरीले जनाएको छ ।