बालुवाटारमा समाजवादी मोर्चाको बैठक जारी

तु खबर संवाददाता
२०८० चैत्र ९, शुक्रबार १०:०७

काठमाडौं । समाजवादी मोर्चाको बैठक हाल जारी छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट बसिरहेको हो ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था र मोर्चाका गतिविधिबारे छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहभागी छन् । त्यसको नेतृत्व विप्लवले गरिरहेका छन् ।