राजीनामा माग गर्दै गृहमन्त्रीको पुत्ला जलाइयो
काठमाडौं । नेपाल विद्यार्थी संघ पशुपति क्याम्पस इकाइ समितिले गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाएको छ ।
उनीहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै पुत्ला जलाएको हो ।
उनीहरुले यो सरकारलाई सुन तस्कर र सहकारी ठगहरूको गठबन्धन भन्दै प्रदर्शनमा उत्रिए । सो क्रममा उनीहरुले ‘सहकारी पीडितहरूलाई न्याय दे’ भन्दै नाराबाजी गरेका थिए ।
