दुई समिति सभापतिद्वारा शपथ ग्रहण
काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतका दुई विषयगत समितिका दुई सभापतिले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गोल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समिति कमला पन्तले शपथ ग्रहण गरेका हुन् ।
उनीहरुलाई राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले शपथ ग्रहण गराएका हुन् ।
दुवै समितिको सभापतिमा एक–एक जनाको मात्रै उम्मदवारी परेपछि शेर्पा र पन्त सोमबार निर्विरोध निर्वाचित भएका थिए ।
