राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित
काठमाडौं । राष्ट्रिय सभाको सोमबार बसेको बैठकबाट शोक प्रस्ताव पारित भएको छ । बैठकबाट जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित भएको हो ।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गरेको उक्त शोक प्रस्ताव सर्वसम्मत पारित भएको हो ।
बैठकमा अध्यक्ष दाहालले सांसद शर्माको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारितको घोषणा गरे । स्व. अन्सारीलाई सम्झँदै सभाका सदस्यहरूले एक मिनेट मौन धारणसमेत गरेका थिए ।
२०२० साल माघ १९ गते जन्म भएकी अन्सारीको चैत्र ४ गते आइतबार उपचारको क्रममा असामयिक निधन भएको थियो ।
राष्ट्रिय सभाको अर्को बैठक चैत्र ७ गते बुधवार बिहान सवा ११ बजे बस्ने गरी आजको बैठक स्थगित भयो ।
