उपनिर्वाचन गर्न ८ करोड लाग्ने अनुमान
काठमाडौं । आगामी २०८१ बैशाख १५ मा हुने उपनिर्वाचन सम्पन्न गर्न करिब ८ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।
मतदान केन्द्र व्यवस्थापन, मतदान, मतपेटिका सङ्कलन, मतगणना र सुरक्षा प्रबन्ध गर्न उक्त रकम लाग्ने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले बुधबार अर्थसचिव कृष्णहरि पुष्करसँग उपनिर्वाचन खर्चको सम्बन्धमा छलफल गरेको थियो । अर्थ मन्त्रालयसँग बजेटको अभाव रहेको र स्रोत व्यवस्थापन गर्न चुनौती देखिएको सचिव पुष्करले जानकारी गराएका थिए ।
एमाले नेता सुवास नेम्वाङ निधन भएपछि इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (क) मा कांग्रेसका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटानमा मृत्यु भएपछि उक्त पद रिक्त छ । रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
