राष्ट्रिय सभा अध्यक्षको लागि दुई जनाको उम्मेदवारी दर्ता
काठमाडौं । राष्ट्रिय सभा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । संघीय संसद्को निर्वाचन कार्यतालिका अनुसार सोमबार संसद भवन नयाँ बानेश्वरमा सो पदका लागि दुई जनाको उम्मेदवारी परेको हो ।
जसमा नेपाली कांग्रेसका युवराज शर्मा र माओवादी केन्द्रका सांसद नारायण दाहाल रहेका छन् ।
दाहालको प्रस्तावकमा माओवादीका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा एकीकृत समाजवादीका बेदुराम भुसाल रहेका छन् ।
त्यसैगरी, कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा लोसपाका किरणबाबु श्रेष्ठ रहेका छन् ।
राष्ट्रिय सभा अध्यक्ष पदका लागि भोलि फागुन २९ गते मतदान हुने भएको छ ।
