बागमती प्रदेश सभाको बैठक मंगलबार बस्दै
मकवानपुर । बागमती प्रदेश सभाको चालु अधिवेशन बैठक यही फागुन २९ गते मंगलबार बस्ने भएको छ ।
बैठक प्रदेश सभा सचिवलायको सभाहलमा अपराह्न ३ बजे बस्ने गरी आह्वान गरिएको हो ।
सो बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिबाट प्राप्त प्रतिवेदन पेश हुने प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले जानकारी दिए ।
त्यसअघि फागुन २९ गते अपराह्न १ बजे कार्य परामर्श व्यवस्थापन समितिको बैठक बस्ने उनको भनाई छ ।
