एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
काठमाडौँ । नयाँ सत्ता समिकरण भएपछि अलमलमा परेको नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक आह्वान गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरणको बाटो राजेपछि एकीकृत समाजवादीले छलफलका लागि आज दिउँसो ३ बजे सचिवालय बैठक बोलाएको हो ।
सत्ता समीकरण बदलिएसँगै एकीकृत समाजवादी पर्ख र हेरको अवस्थामा छ ।
सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेससँगको गठबन्धनलाई तोडेर एमाले र रास्वपालगायत दलसँग मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेसँगै एकीकृत समाजवादी पर्ख र हेरको अवस्थामा पुगेको हो ।
