देउवाले बोलाए आकस्मिक बैठक

तु खबर संवाददाता
२०८० फाल्गुन २१, सोमबार १०:३३
file-photo

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

उनले आफ्नै निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन् ।

सत्ता समिकरणमा फेरबदल भएसँगै देउवाले छलफलका लागि पदाधिकारी बैठक बोलाएका हुन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति भएपछि नेपाली कांग्रेस नेतृत्वको गठबन्धन आजै भत्किएको हो ।

आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको थियो ।

नयाँ समिकरणका लागि राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टलाई पनि समेट्ने सहमति भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्दै छन् ।